PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सवा घण्टा बालकोटमा ‍बिताए प्रधानमन्त्री ओलीले, नेकपा किचलो सुल्झाउन बास्कोटाको सुझाव, 'तिते करेलो खुवाएपछि कुरो मिल्छ कि!'



कुञ्जरमणि भट्टराई

सवा घण्टा बालकोटमा ‍बिताए प्रधानमन्त्री ओलीले, नेकपा किचलो सुल्झाउन बास्कोटाको सुझाव, 'तिते करेलो खुवाएपछि कुरो मिल्छ कि!'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बालकोटस्थित निजी निवासमा सवा एक घण्टा बिताएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि दिउँसो ओली निजी निवास बालकोट पुगेका थिए।

गएको श्रीपञ्चमीपछि उनी बालकोट पहिलोपटक पुगेका हुन्।

बालकोटमा प्रधानमन्त्रीले आफ्ना विश्वास पात्रहरुसँग भेट गरे। पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा र सांसद महेश बस्नेतलाई बिहान भएको भेटबारे ब्रिफिङ गरेका थिए। बास्कोटा ओलीको घरमा बस्दै आएका छन्। भेटमा के भयो? भन्ने बास्कोटाको प्रश्नमा ओलीले जवाफ दिए, 'तातो-तातो जेरी खाइयो। सहमतिमा पुगी सकिएको छैन। भोलि फेरि भेट्ने कुरा छ।'

उनको ब्रिफिङपछि बास्कोटाले ठट्टा गर्दै भने,आज जेरी खुवाउनुभएछ। भोलिको वार्तामा तितेकरेलो खुवाउनुस्। तितो करेलो खुवाएपछि पो कुरा मिल्छ कि?'

ओलीले झण्डै आधा घण्टा आफूले रोपेको बिरुवा, बगैँचा  चहारे। अनि घरको चोटाकोठा डुले।

'प्रधानमन्त्री नआउनु भएको धेरै भएको थियो। खासै राजनीतिक विषयमा कुराकानी भएन। उहाँले आफूले रोपेका बिरुवाहरु हेर्नुभयो। झण्डै आधाघण्टा त बगैँचातिरै भुल्नुभयो,' बास्कोटाले भने।

त्यस्तै ओलीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरुसँग कोरोना रोकथामका लागि जिल्लामा भइरहेको प्रयासबारे पनि जानकारी लिएका थिए। उनी पत्नी राधिका शाक्यसहित बालकोट पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell