PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कर्णाली कोभिड-१९ अपडेट:  ६ जनामा संक्रमण पुष्टि, ६ जना नै डिस्चार्ज



पहिलोपोस्ट

कर्णाली कोभिड-१९ अपडेट:  ६ जनामा संक्रमण पुष्टि, ६ जना नै डिस्चार्ज

काठमाडौं : कर्णाली प्रदेशमा थप ६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको परीक्षणका क्रममा ६ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

योसँगै प्रदेशमा एक हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका भेरीगंगाका एक पुरुष र एक महिला रहेका छन्। त्यस्तै दैलेखको नारायण नगरपालिका २७ वर्षकी महिला र डुंगेश्वर २ का २७ वर्षका पुरुष रहेका छन्। त्यस्तै रुकुम पश्चिमको मुसिकोटका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेशमा आइतवार संक्रमण पुष्टि भएको थिएन्।

पछिल्लो २४ घण्टामा  ६ जना संक्रमित उपचार पछी डिस्चार्ज भएका छन्। हालसम्म कोभिड-१९ संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ७२८ रहेको छ। हालसम्म कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको संख्या ६ छ।

कर्णाली प्रदेशमा आइसोलेसनमा रहेका तथा रहने कममा रहेका कोभिड-१९ का सक्रिय बिरामीको संख्या २११ रहेको मन्त्रालयले जनाएको छ।

हाल सुर्खेत जिल्लामा ३५ एक्टिभ केस रहेको तथ्यांकमा उल्लेख छ। त्यस्तै दैलेखमा १२४, जाजरकोट र कालिकोटमा १२/१२ जना आइसोलेसनमा रहेका छन्। सल्यानमा ९ एक्टिभ केस छन् भने मुगुमा एक एक्टिभ केस रहेको मन्त्रालयको तथ्यांकमा रहेको छ।

१९ केस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनम रहेको र उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

हालसम्म कर्णाली प्रदेशको दैलेखमा सबैभन्दा बढी ९३४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सुर्खेतमा ५३३ जनामा संक्रमण पुष्टि हुँदा सल्यानमा २३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै कालिकोटका ६९, जुम्लाका ४०, जाजरकोटका ३१, रुकुम पश्चिमका २६, मुगुका ९, हुम्लाका ५ र डोल्पाका ४ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये एक हजार ७०८ जना पुरुष र २३७ जना महिला रहेका छन्।

कर्णालीमा संक्रमण पुष्टि भएकामध्ये ५६ जना अन्य प्रदेशका रहेको र उनीहरु संक्रमण पुष्टि हुँदा प्रदेशमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell