PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विराटनगरमा कोभिड १९ संक्रमित वृद्धको मृत्यु , संक्रमण पुष्टि हुनुअघि नै अस्पतालमा गयो ज्यान



फूलमाया पुरी

विराटनगरमा कोभिड १९ संक्रमित वृद्धको मृत्यु , संक्रमण पुष्टि हुनुअघि नै अस्पतालमा गयो ज्यान
Illustration by Gerry Fletcher/ BBC

विराटनगर: विराटनगरमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। कोशी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत् ७७ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले पुष्टि गरे।

यादवका अनुसार स्वासप्रस्वासमा समस्या देखिएपछि सोमवार बिहान १० बजे अस्पतालको इमर्जेन्सी वार्डमा वृद्धलाई भर्ना गर्न ल्याइएको थियो। कोरोना भाइरसको लक्षण देखिएकाले उनलाई तत्काल अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो।

आइसोलेसन वार्डमा राखी उनको स्वाब संकलन गरी विराटनगर स्थित प्रदेश प्रयोगशाला पठाइएको थियो। तर, रिपोर्ट आउनु अघि नै उनको मृत्यु भयो।

‘अस्पतालमा आउँदा नै स्वासप्रस्वासमा समस्या भएकाले हामीले तत्काल स्वाब संकलन गर्यौं’ डा.यादवले भने ‘तर रिपोर्ट आउनुभन्दा एक घण्टा अघि नै उहाँको मृत्यु भयो’।

दिउँसो ३ बजे ती वृद्धको मृत्यु भयो भएको थियो। वृद्धमा कोरोना संक्रमण पोजेटिभ देखिएको रिपोर्ट दिउँसो ४ बजे आएको प्रवक्ता डा.यादवले जानकारी दिए।

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारका एक सदस्यको पनि स्वाब संकलन गरिएको छ। महानगरपालिकासँगको समन्वयमा मृतक परिवारका सदस्यहरुलाई होम क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ।

यससँगै प्रदेश १ मा कोरोनाबाट दुईजनाको मृत्यु भएको छ। गत बुधवार सुनवर्षी नगरपालिका वडा ८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell