PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंज हेल्थकेयर अस्पतालमा मृगौला पीडित कोरोना संक्रमितको सफल डायलासिस



राधेश्याम पटेल

वीरगंज हेल्थकेयर अस्पतालमा मृगौला पीडित कोरोना संक्रमितको सफल डायलासिस
Photo: medicalnewstoday.com

वीरगंज : वीरगंजमा सोमवार एक ३० वर्षीया मृगौला पीडित कोरोना भाइरस संक्रमितको सफल डायलासिस गरिएको छ। नारायणी अस्पताल मातहत सञ्चालनमा रहेको वीरगंज हेल्थकेयर अस्पतालमा कोरोना संक्रमितको सफल डायलासिस गरिएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन एवं गण्डक कोभिड अस्पतालको ड्युटीमा खटिएका प्रमुख डा निरजकुमार सिंहले जानकारी दिए।

नारायणी अस्पताल तथा वीरगंज हेल्थकेयरका चिकित्सक एवं स्वास्थ्यकर्मीको सहयोगमा वीरगंजमा पहिलोपटक संक्रमितको सफल डायलासिस गरिएको उनले बताए। डा सिंह, स्वास्थ्यकर्मी अनिल झा, नरेन्द्र कुशवाहा, अनिल बरईलगायतको टिमले सोमवार अपरान्ह ४ वजे सफल डायलासिस गरेको हो। पर्सामा तीन जना मृगौलाका बिरामीमा कोभिड १९ को संक्रमण देखिएको छ।

नारायणी अस्पतालका डायलासिस युनिटका स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित भएपछि केही दिनदेखि तीनै जना मृगौला पीडित संक्रमितहरुको डायलासिस हुन नसक्दा ज्यान जाने खतरा बढदै गएको थियो। यसअघि चितवनको भरतपुरमा एक कोरोना संक्रमितको सफल डायलासिस गरिएको समाचार आएको थियो।

वीरगंज हेल्थ केयरका सञ्चालक डा अबुलहैस अन्सारीले संक्रमितको ज्यान बचाउनको लागि अस्पतालको सबै संरचना र पूर्वाधार नेपाल सरकारलाई जिम्मा लगाइसकेपछि मानवीय धर्म मात्र निर्वाह गरेको बताए।

‘हतपत महँगो मानिने डायलासिस मेसिनबाट कुनै अस्पतालले डायलासिस गर्न मान्दैनन तर मैले स्वीकृति दिएँ, अब त्यो मेशिन अन्य कोरोना संक्रमितको डायलासिस सेवामा उपयोग हुने छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell