PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

स्रोत नखुलेको ९ लाख रकमसहित बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पक्राउ



रासस

स्रोत नखुलेको ९ लाख रकमसहित बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको आठ लाख ९८ हजार रुपैयाँ रकमसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई पक्राउ गरेको छ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा २ झ १८७३ नम्बरको गाडीमा यात्रा गरिरहेका भन्ने सूचनाका आधारमा उनीहरुलाई आज पक्राउ गरिएको हो।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट तीन लाख ४८ हजार रुपैयाँ र विभिन्न मितिका बैंक भौचर, पाँच लाख ५० हजार रुपैयाँ गरी कूल आठ लाख ९८ हजार रुपैयाँसहित सैनामैना नगरपालिका-१० रुपन्देहीबाट पक्राउ गरिएको हो। उनीहरुको अनुसन्धान भइरहेको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell