PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कर्नाटकका पूर्व मुख्यमन्त्रीलाई पनि कोरोना संक्रमण



पहिलोपोस्ट

कर्नाटकका पूर्व मुख्यमन्त्रीलाई पनि कोरोना संक्रमण

नयाँ दिल्ली : भारतको कर्नाटकका पूर्व मुख्य मन्त्री तथा कांग्रेस नेता सिद्धरमहियाले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन्। ट्विटरबाट उनले संक्रमण भएको र उपचारका लागि अस्पताल भर्ना भएको जानकारी गराएका हुन्।

'मेरो परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएको छ र चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना भएको छु। मसँग सम्पर्कमा आउनु भएका सबैजनालाई क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन आग्रह गर्छु,' उनले ट्विटमा भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell