PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

पौडी खेल्ने क्रममा मोहना नदीमा बेपत्ता दुई किशोरको शव भेटियो



पहिलोपोस्ट

पौडी खेल्ने क्रममा मोहना नदीमा बेपत्ता दुई किशोरको शव भेटियो
फाइल तस्विर

कैलाली : मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका धनगढीका दुई किशोरको शव फेला परेको छ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्कास्थित मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव आज भेटिएको हो।

वडाध्यक्ष विजयराज जोशीले बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दुरीमा किशोरद्वय मृत फेला परेको बताए। उनीहरुको शव परीक्षणका लागि अस्पताल पठाउने तयारी भइरहेको वडाध्यक्ष जोशीले बताए।

किशोर वेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वडाध्यक्ष जोशी लगायतका जनप्रतिनिधि तथा स्थानीयले उनीहरुको खोजी कार्य जारी राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell