PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

भारतमा २४ घण्टामा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण, मृत्युदर पनि बढ्दो



पहिलोपोस्ट

भारतमा २४ घण्टामा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण, मृत्युदर पनि बढ्दो

भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सोमवार मात्र ५२ हजार ५० जनामा संक्रमण पुष्टि भएको हो भने ८ सय ३ जना मानिसको संक्रमणकै कारण मृत्यु भएको छ।

लगातार छैटौं दिन भारतमा ५० हजारभन्दा बढी नयाँ केस देखिएको हो।

हालसम्म भारतमा १८ लाख ५५ हजार ७ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ३८ हजार ९ सय ३८ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।  

बीबीसी हिन्दीले जनाए अनुसार १५ दिन यता संक्रमण दर बढ्ने क्रम तीव्र भएपनि सरकारले भने संक्रमण मुक्त हुनेको संख्या अन्य देशको तुलनामा भारतमा बढी भएको बताउँदै आएको छ।

कोरोना भाइरस संक्रमणका कारण अमेरिका सर्वाधिक प्रभावित छ।

भारतीय एजेन्सी इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार भारतमा दुई करोडभन्‍दा बढी कोरोना परीक्षण भइसकेको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell