PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

वामदेवसँग ४० मिनेट बिताएर फर्किए प्रचण्ड



पहिलोपोस्ट

वामदेवसँग ४० मिनेट बिताएर फर्किए प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच छलफल भएको छ। प्रचण्ड मंगलवार दिउसो गौतम निवास पुगेका थिए।

प्रचण्ड र गौतमबीच ४० मिनेट कुराकानी भएको गौतम निकट स्रोतले जानकारी दियो। छलफलमा के भयो भन्ने खुलाइएको छैन। वामदेवलाई आफूतिर तान्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड लागि परेका छन्।

गत वैशाख १३ गते ओली पत्नी राधिका शाक्यसहित गौतम निवास पुगेका थिए। गौतमले १३ गते नै ओलीलाई सहज हुनेगरी पार्टी विवाद समाधानका लागि भन्दै ६ बुँदे सुझाव पेश गरेका थिए। सोही प्रस्तवापछि ओली गौतम निवास पुगेका थिए। १३ गते नै ओलीले एकलौटी ढंगले स्थायी कमिटी बैठक स्थगित गरेका थिए। प्रचण्डले सोही दिन बैठक चलाएका थिए।

प्रचण्ड तथा वरिष्ठ नेतातिर ‍रहेका वामदेव ओलीको क्याम्पमा गएको आशंका गरेका छन् नेताहरुले। गौतम फकाउन प्रचण्ड भैसेपाटी पुगेका हुन्। आजै ओली र प्रचण्डबीच बालुवाटारमा छलफल हुँदैछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell