PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ल



पहिलोपोस्ट

नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ल

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोली(पुरुष)को गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरेको छ। एन्फाको टेक्निकल कमिटीले जापानका हिरो मित्सुमरोको स्थानमा मल्ललाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो।

मल्ललाई उनको समयताको उत्कृष्ट गोलकिपरका रुपमा लिइने गरिन्थ्यो। आर्मीका पूर्व कप्तान तथा गोलकिपरसमेत रहिसकेका मल्लले नेपाली राष्ट्रिय टोलीबाट सन् २००५ देखि २०१३ सम्म खेलेका थिए। उनले एएफसीबाट लेभल १ गोलकिपिङ कोचिङ सर्टिफिकेट, एएफसी 'सी' कोचिङ लाइसेन्स सर्टिफिकेट र फिफा एमए सर्टिफिकेट हात पारिसकेका छन्।

फिफा विश्वकप २०२२ अन्तर्गत र एएफसी एसियन कप चाइना २०२३ को छनोट अन्तर्गतको बाँकी रहेका खेलहरुको लागि अभ्यासमा उनले प्रशिक्षण दिनेछन्। नेपालले चाइनिज ताइपेइसँग अक्टोबर ८, अस्ट्रेलियासँग अक्टोबर १३ र जोर्डनसँग नोभेम्बर १२ मा खेल्ने तालिका रहेको छ। भदौ १ गतेबाट नेपाली टोलीको प्रशिक्षण सुरु हुने एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell