PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेटफ्लिक्सले किन हटायो 'गुञ्जन सक्सेना : द कारगिल गर्ल' ट्रेलरको क्रेडिट लाइन?



पहिलोपोस्ट

नेटफ्लिक्सले किन हटायो 'गुञ्जन सक्सेना : द कारगिल गर्ल' ट्रेलरको क्रेडिट लाइन?

नेट्फ्लिक्स इन्डियाले जान्वी कपुर अभिनीत फिल्म 'गुञ्जन सक्सेना: द कारगिल गर्ल'को ट्रेलरमा क्रेडिट लाइन हटाएको छ। ट्रेलरभर फिल्मको कुनै पनि 'कास्ट एण्ड क्रु'को नाम देखाइएको छैन।

बलिउड हंगामाले फिल्म क्षेत्रमा नातावादको वहस चर्किएका कारण नेट्फ्लिक्सले क्रेडिट लाइन हटाएको जनाएको छ। फिल्मका निर्माता रहेका करण जौहर 'नेपोटिज्म'को विवादमा छन्। उनले बलिउड स्टार किडलाई मात्र आफ्नो फिल्ममा ब्रेक दिएको र प्राय कलाकार दोहोर्‍याएको आरोप छ।

स्रोतलाई उद्घृत गर्दै लेखिएको छ : सुरुमा ट्रेलरबाट करण जौहरको मात्र नाम हटाउने छलफल भएको थियो। तर, फिल्मको क्रियटिभ टिमले एकजनाको मात्र नाम हटाइनु अस्वभाविक र शंकाष्पद् देखिने भएकाले कसैको पनि नाम उल्लेख नगर्ने निस्कर्षमा पुगेको हो।

गुञ्जन सक्सेनाको रुपमा अभिनेत्री जान्वी कपुर छिन्। उनी अभिनेत्री श्रीदेवी र बोनी कपुरकी छोरी हुन्। उनको पहिलो फिल्म 'धडक' हो। उक्त फिल्मलाई करणले नै निर्माण गरेका हुन्। धडकपछि उनी नेटफ्लिक्सको सर्ट फिल्म 'घोस्ट स्टोरिज'मा मात्र देखिएकी छिन्। जसका निर्माता पनि करण नै हुन्। नेपोटिज्म प्रोत्सहना गरेको आरोप खेपिरहेका करणका लागि नेट्फ्लिक्सले क्रेडिट लाइन हटाउनु विवाद उत्‍पन्न भएपछिको पहिलो असरका रुपमा व्याख्या गरिएको छ।


फिल्म आउँदो अगस्ट १२ बाट सार्वजनिक हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell