PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

लकडाउन गर्ने कि नगर्ने? प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव : मुख छोपेर हिँड्ने बानी पार्नुपर्‍यो



प्रकाश भण्डारी

लकडाउन गर्ने कि नगर्ने? प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव : मुख छोपेर हिँड्ने बानी पार्नुपर्‍यो

काठमाडौं : प्रधामन्त्री केपी ओलीले कोभिड १९ को संक्रमण नियन्त्रणबारे विज्ञहरुसँग छलफल गरेका छन्। बालुवाटारमा २० जना भन्दा बढी स्वास्थ्य क्षेत्रका विज्ञलाई बोलाएर ओलीले छलफल गरेका हुन्।

छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र जनता समाजवादीका नेता महन्थ ठाकुर पनि सहभागी थिए। विज्ञसँगको छलफलमा प्रधामन्त्रीले महामारी सबैको चुनौति भएको बताए। ओलीका सञ्चार विज्ञ रामशरण वजगाइले प्रधामन्त्रीले महामारीलाई अवसरका रुपमा कसैले सदुपयोग गर्न नहुने बताएको जानकारी दिए।

'संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ। यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध,'ओलीलाई उद्धृत गर्दै बजगाइले भने,'कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध। महामारी सबैको चुनौति हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न। यसलाई विरोधको अवसरका रूपमा लिनु हुन्न।'

प्रधानमन्त्रीले सरकारले गर्ने कामले मात्रै संक्रमण नरोकिने बताएका थिए। संक्रमण रोक्न नागरिक सचेत हुन जरुरी रहेको प्रधानमन्त्रीले छलफलका क्रममा बताएका छन्।

बजगाइले कांग्रेस सभापति शेरबहादुर देउवाले संक्रमण हेरेर लकडाउनबारे निर्णय गर्न प्रधामन्त्रीलाई सुझाव दिएको बताए।

देउवाले समुदायमा संक्रमण फैलिएको नफैलिएकोबारे पत्ता लगाएर निर्णय गर्न सल्लाह दिएका हुन्। 'लकडाउन गर्नेनगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिन्छ । तर हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नु पर्‍यो। मुख छोपेर हिँड्न बानी पार्नु पर्‍यो,' देउवालाई उद्धृत गर्दै बजगाइले ट्वीटरमा लेखेका छन्।

प्रतिदिन १८ हजार सम्मको परीक्षण गर्न सक् नेगरी ल्याबको स्थापना गरिएकोबारे प्रधानमन्त्रीको सचिवालयले विज्ञहरुलाई जानकारी गराएको थियो । ४ लाखको पीसीआर टेस्ट गरिएको जानकारी बैठकमा प्रधामन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सरकारले फेरि लकडाउन गर्ने/नगर्नेबारे विज्ञहरुसँग परामर्श थालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell