PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

कीर्ते मुद्दामा सजाय पाएका अधिवक्ता गौतमको लाइसेन्स रद्द



पहिलोपोस्ट

कीर्ते मुद्दामा सजाय पाएका अधिवक्ता गौतमको लाइसेन्स रद्द

काठमाडौँ : नेपाल कानुन व्यवसायी परिषद्ले कीर्ते जालसाजी मुद्दामा सजाय पाएका अधिवक्ता पूण्यप्रसाद गौतमको कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ। बार काउन्सिलको अनुशासन समितिको बैठकले गौतमको प्रमाणपत्र रद्द गरेको हो।

काठमाडौं जिल्ला अदालतले गौतमलाई कीर्तेमा सजाय गरेको थियो।

आफ्नो पक्षको मुद्दाका लागि गलत कागजात तयार पारेकोमा गौतमविरुद्ध मुद्दा चलाइएको थियो। उक्त मुद्दामा उनले कुनै पनि प्रतिवाद नगरेपछि एकतर्फी भएको थियो। जिल्ला अदालतमा मुद्दा एकतर्फी भएपछि गौतमले सर्वोच्चमा रिट दायर समेत गरेका थिए। रिट खारेज भएपछि काउन्सिलले उनको इजाजत रद्द गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell