PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिका सिल



पहिलोपोस्ट

मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिका सिल

विराटनगर : मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिकालाई सिल गरिएको छ।

नगरपालिका प्रमुख दिलिप बगडियाले नगरपालिका मङ्गलबारदेखि सिल गरिएको जानकारी दिए।

रङ्गेलीमा एकै परिवारका १४ सहित २२ जनामा एकैदिन कोभिड–१९ को पुष्टि भएपछि नगरपालिका सिल गरिएको हो। नगरपालिकाले अर्को सूचना प्रकाशित नभएसम्म अस्पताल पनि पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।

नगरपालिकाले अस्पताल सेवा तथा नगरपालिका तथा वडा कार्यालयबाट दिइने सेवासमेत मङ्गगलबारदेखि अर्को सूचना नभएसम्मका लागि बन्द गरेको सूचनामा उल्लेख गरेको छ। रङ्गेली बजारका एकै परिवारका १४ जनामा कोभिड–१९ पाइए पनि यसको स्रोत खुल्न सकेको छैन।
रङ्गेलीमा सोमवार एकै परिवारका १४ जना, नेपाल विद्युत् प्राधिकरण रङ्गेली शाखाका ५ र अस्पतालका ३ कर्मचारी गरी २२ जनामा कोभिड–१९ देखिएको थियो।

नगरपालिकाको सूचनामा रङ्गेली बजारको पूर्वमा मधुवनी चोक र पीपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को एरिया सोमवार मध्यरातिदेखि अर्को सूचना प्रकाशित नहुन्जेल सिल गरिएको उल्लेख गरिएको छ।

नगरपालिकाका प्रमुख बगडियाले सङ्क्रमितको सम्पर्कमा आएका २ सय जनाभन्दा बढीको स्वाब परीक्षण गर्ने तयारी भइरहेको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell