PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

अख्तियार छिर्‍यो कोरोना : १४ प्रहरीसहित १५ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

अख्तियार छिर्‍यो कोरोना : १४ प्रहरीसहित १५ जनामा संक्रमण पुष्टि

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १४ प्रहरीसहित १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। एक जना भने चालक रहेका छन्।

केन्द्रीय कार्यालयबाट विभिन्न जिल्लामा अपरेसनका क्रममा खटिएर काठमाडौँ फर्किएका उनीहरुमा संक्रमण पुष्टि भएको हो। पछिल्लो समय प्रहरीमा कोरोना संक्रमण बढेसँगै कन्ट्याक्ट ट्रेसिङकै क्रममा उनीको पनि स्वाब संकलन भएको थियो।

अख्तियारमा कार्यरत कर्मचारीसमेत १ सय ८२ जनाको कोरोना परीक्षण भएकोमा १५ जनाको पोजेटिभ नतिजा आएको अख्तियार स्रोतले जानकारी दियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell