PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३३ जनामा कोरोना पुष्टि



एम बम

धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३३ जनामा कोरोना पुष्टि

कैलाली : धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक सय ७० जनाको कोरोना परीक्षण भएकोमा २६ पुरुष र ७ महिलागरी ३३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिका ९ पुरुष र ५ महिला गरी १४ जना र कैलारी गाउँपालिकाका ६ पुरुष र एक महिला गरी ७ जनामा कोरोना पुष्टि भएको बताए।

यस्तै, अछामको बान्नीगढी जयगढ गाउँपालिका १० पुरुष, १ महिला गरी ११ जना र कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ का एक पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

मंगलवार ३३ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ३७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell