PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोरोना महामारी बीच श्रीलंकामा चुनाव : विशेष व्यवस्थापन र मतदानको तयारी



पहिलोपोस्ट

कोरोना महामारी बीच श्रीलंकामा चुनाव : विशेष व्यवस्थापन र मतदानको तयारी
DD News

कोरोना भाइरसको महामारी बीच श्रीलंकामा चुनाव हुने भएको छ। बुधवार त्यहाँ आम चुनाव हुन लागेको हो जसका लागि सरकारले विशेष सुरक्षा व्यवस्थापन गर्दैछ।

२ सय २५ सदस्यीय संसदको चुनावको लागि ७ हजार ४ सय ५० जनाले उम्मेद्वारी दिएका छन्। करिव एक करोड ६२ लाख जनाले मतदान गर्नेछन्। बीबीसी हिन्‍दीले जनाए अनुसार ४ सय मतदाताले कोरोना भाइरस संक्रमणका कारण मताधिकार प्रयोग गर्न पाउने छैनन्।

कोरोना संक्रमण देखिएका, क्वारेन्टिनमा १४ दिन बिताएका र सेल्फ क्वारेन्टिनमा बसेकाहरूका लागि विशेष मतदान केन्द्रको व्यवस्थापन गरिएको छ।

श्रीलंकाको चुनाव आयोगका अध्यक्ष महिंदा देशप्रियाले भनेका छन्,'चुनावी प्रक्रियाले कोभिड-१९ संक्रमितको संख्या वृद्धी हुन दिने छैन।' उनले चुनावका लागि सुरक्षा नीति अपनाएको बताए। मतदानका लागि मतदाता स्वयंले घरबाट कालो वा निलो रङको मसी भएको कलम ल्याउन सक्नेछन्। कलम नल्याएका मतदाताका लागि डिसइन्फेक्टेड कलम दिइने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell