PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

तीनकुनेको वाग्मती किनारमा भेटियो बेवारिसे शव, पोस्टमार्टमका लागि लगियो टिचिङ

तीनकुनेको वाग्मती किनारमा भेटियो बेवारिसे शव, पोस्टमार्टमका लागि लगियो टिचिङ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको तिनकुनेस्थित वाग्मती खोलाको किनारमा बेवारिसे शव फेला परेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलवार दिउँसो खोलामा अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको हो।

‘खोलाले बगाएको अवस्थामा आज दिउँसो शव भेटिएको हो। पोस्टमार्टमका लागि शव टिचिङ हस्पिटल लगिएको छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने।



ट्रेन्डिङ पोस्ट

Ncell