PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बालुवाटारमा ओली-प्रचण्ड छलफलमा, खनाल र नेम्वाङ पनि सहभागी



पहिलोपोस्ट

बालुवाटारमा ओली-प्रचण्ड छलफलमा, खनाल र नेम्वाङ पनि सहभागी

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुटेका छन्।

प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच अहिले बालुवाटारमा छलफलमा भइरहेको छ। छलफलमा बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन्।

दुई अध्यक्षबीच गत साउन १३ गतेपछिको संवादहीनता तोड्दै आइतवार र सोमवार छलफल भएको थियो। सो छलफलमा पनि खनाल र नेम्वाङ सहभागी थिए। पार्टीको किचलो अन्त्य गर्न भन्दै वार्तामा जुटेका नेताहरुबीच कुनै सहमति जुट्न सकेको छैन।

सोमवारको छलफलमा ओलीले समस्या सचिवालय बैठकबाट सुल्झाउनुपर्ने अडान राखेका थिए भने अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक सुरु गरेर नै निकास निकाल्नुपर्ने बताएका थिए। सो भेटमा सहमति जुट्न सकेन्।

सहमतिका लागि भन्दै असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ।

साउन १३ गते ओलीले एकलौटी ढंगले बैठक स्थगित गरेका थिए भने सोही दिन नै प्रचण्डले बैठक चलाएका थिए। नेकपाको विवाद गत डेढ महिनादेखि सतहमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell