PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

३१ जिल्लामा कोभिड-१९ को संक्रमण पुष्टि, उपत्यकामा सबैभन्दा बढी संक्रमित



पहिलोपोस्ट

३१ जिल्लामा कोभिड-१९ को संक्रमण पुष्टि, उपत्यकामा सबैभन्दा बढी संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३ जना सहित देशभर २५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको ७ हजार ६८७ नमुना परीक्षणका क्रममा ३१ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका रहेका छन। काठमाडौंका मात्र ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

योसँगै नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुगेको छ। संक्रमित १५ हजार २६ जना निको भइसकेका छन्। २४ घण्टामा ६५ जना डिस्चार्ज भइसकेका छन्। डिस्चार्ज हुनेको संख्या कुल संक्रमितमा ७१.५ प्रतिशत रहेको छ। मृत्यु हुनेको संख्या ५८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। आज मात्र एक जनाको मृत्यु पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेहरुमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा झापाका १ मरोङका २ र सुनसरीका ९ जना रहेका छन।

त्यस्तै, कोशी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा झापा र सुनसरीका ३/३ तथा मोरङका १० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा धनुषाका १, इलामका २, झापाका ४ र मोरङका १० जनामा संक्रमण पुष्टि भएको छ।

गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशाला राजविराजमा भएको नमुना परीक्षणका क्रममा सिरहाका १ र सप्तरीका ७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा धनुषाका १२, महोत्तरीका १५ तथा सर्लाही र सिराहाका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणका क्रममा बझाका १, भक्तपुरका ११, काठमाडौंका ३८ र सर्लाहीका २५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

राष्ट्रिय किटजन्य प्रयोगशाला हेटौंडामा भएको परीक्षणमा बारा र रौतहटका ६/६ तथा पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, वीर अस्पताल प्रयोगशालामा धनुषाका १ तथा त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काटमाडौंका ५, नुवाकोटका २ तथा मोरङ, स्याङ्जा, तनहुँ र रुकुम पश्चिमका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

केन्द्रीय प्रहरी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा भक्तपुर र चितवनका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

स्टार अस्पताल प्रयोगशालामा काठमाडौंका २ तथा कास्की, ललितपुर, र रुपन्देहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ। विध ल्याब काठमाडौंमा काठमाडौंकै ३ जनामा संक्रमण पुष्टि भएको छ। नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा बारा र भक्तपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र प्रयोगशाला पोखरामा भएको परीक्षणमा स्याङ्जाका ३ तथा कास्की, लमजुङ, र पर्वतका १/१ जनामा संक्रमणपुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा रुपन्देहीकै ६ र गुलमीका ५ जनामा मा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा बाँकेका ११ र सल्यानका २ जनामा संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको परीक्षणमा कपिलवस्तु र रुपन्देहीका २/२ तथा सल्यानका १ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल प्रयोगशालामा भएको परीक्षणमा अछामका ११ र कैलालीका २२ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell