PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

समुदायस्तरमा कोरोना संक्रमण फैलन नदिन मोरङको रतुवामाई नगरपालिका १० दिनका लागि शिल



फूलमाया पुरी

समुदायस्तरमा कोरोना संक्रमण फैलन नदिन मोरङको रतुवामाई नगरपालिका १० दिनका लागि शिल

विराटनगर : मोरङको रतुवामाई नगरपालिका दश दिनका लागि शिल हुने भएको छ। समुदायस्तरमा कोरोना संक्रमण फैलन नदिनका लागि शिल गरिएको नगरपालिका प्रमुख रबिन राईले बताए।

लकडाउन खुलेसँगै कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण नगरपालिका क्षेत्र दश दिनलाई पूर्ण रुपमा शिल गर्ने निर्णय गरिएको प्रमुख राईको भनाइ छ।

प्रमुख राईका अनुसार रतुवामाई नगरपालिका स्तरीय कोरोना भाइरस रोकथाम नियन्त्रण प्रतिकार्य तथा व्यवस्थापन कार्यदलको आज बसेको बैठकले नगर क्षेत्र पूर्ण रुपमा शिल गर्ने निर्णय गरेको हो।

त्यस्तै, आज राति १२ बजेदेखि लागू हुने गरी स्वास्थ्य सेवा बाहेक नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु लगायत नगरभरका सम्पूर्ण कार्यालयहरु, संघ सस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ।

नगर क्षेत्रभित्र एम्बुलेन्स बाहेकका सम्पूर्ण यातायातका साधनहरु समेत बन्द गर्ने निर्णय गरेको छ। अत्यावश्यक कामबाहेक सामान्य हिडडुल समेतमा कडाइ गर्ने निर्णय गरेको हो।

‘शिल गरेपछि सबै कार्यालयहरु पनि बन्द रहनेछन् भने मानिसहरुको आवतजावत नहुनाले भिडभाड कम हुँदैन’, राईले भने, ‘छिमेकी पालिकाहरुमा समुदायस्तरमै संक्रमण फैलिएको हुनाले नगरभित्र संक्रमण फैलिन नदिन शिल गर्नुपरेको हो।’

साउन ३० गते राति १२ बजे सम्म लागू हुनेगरी शिल गरिएको प्रमुख राइले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell