
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले एक व्यवसायीसँग दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लिने गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले पक्राउ गरेको हो।
आयोगको बुटवल कार्यालयबाट गएको टोलीले रानालाई बुटवल उपमहानगरपालिका १३ बुद्धचोकबाट पक्राउ गरेको हो। आरोपी रानाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ।