PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

लेबनानको राजधानी बेरुतमा शक्तिशाली विस्फोट, ठूलो मानवीय क्षति भएको आकलन



पहिलोपोस्ट

लेबनानको राजधानी बेरुतमा शक्तिशाली विस्फोट, ठूलो मानवीय क्षति भएको आकलन

लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट भएको छ। सन् २००५ मा हत्या गरिएका पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्यासम्बन्धी मुद्दाको फैसला आउनु केही समयअघि विस्फोट भएको हो। ठूलो संख्यामा मानवीय क्षति भएको आकलन गरिएको छ।

बीबीसीका अनुसार विस्फोट शहरको एक बन्दरगाह क्षेत्रमा भएको हो। सोही क्षेत्रमा दोस्रो विस्फोट पनि भएको जनाइएको छ। विस्फोटको कारण खुल्न सकेको छैन।

सार्वजनिक भएको भिडियोमा ठूलो विस्फोट भएको देखिन्छ। धुँवाको मुस्लो उडेको उक्त भिडियोमा देखिएको छ।

राष्ट्र संघीय न्यायाधीकरणले हरिरि हत्याकाण्डका अभियुक्तको फैसला सुनाउँदै छ। सो फैसलाको पूर्वसन्ध्यामा विस्फोट भएको हो। शुक्रबार उक्त हत्याकाण्डको फैसला हुँदैछ।

आरोपित चारै जना इरान समर्थित हेजबोल्लाह समूहका सदस्य रहेको जनाइएको छ। उनीहरुले हत्या अस्वीकार गर्दै आएका छन्।

लेबनानका स्वास्थ्यमन्त्री हमाद हसनले विस्फोटमा ठूलो क्षति भएको जनाएका छन्। स्थानीय सञ्चार माध्यमले धेरै व्यक्तिहरु विस्फोटमा फसेको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell