PahiloPost

Sep 6, 2026 | २१ भदौ २०८३

सेफ्टी टयाङ्कीमा डुबेर एक नाबालिकाको मृत्यु



रासस

सेफ्टी टयाङ्कीमा डुबेर एक नाबालिकाको मृत्यु

कलैया : बाराको महागढी नगरपालिका-१ मा एक नाबालिकाको सेफ्टी टयाङ्कीमा डुबेर आज मृत्यु भएको छ।

अनिल लहेराकी पाँच वर्षीया छोरी छायाँको घर अगाडिको सेफ्टी टयाङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। मृतक छायाको कलैया अस्पतालमा शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रवक्ता मिश्रले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell