PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु



राधेश्याम पटेल

पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु
Illustration : BBC

वीरगंज : पर्सामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवती रहेकी छन्।

सोमवार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा लैजादै गर्दा उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन्। उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी मंगलवार नारायणी अस्पतालमा पठाइएको थियो। राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका फिजिसियन एवं गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell