PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

प्रहरीबाट अख्तियारमा छिरेको कोरोना : आयुक्तमा कोरोना नेगेटिभ, ३ सय कर्मचारीको परीक्षण हुने



पहिलोपोस्ट

प्रहरीबाट अख्तियारमा छिरेको कोरोना : आयुक्तमा कोरोना नेगेटिभ, ३ सय कर्मचारीको परीक्षण हुने

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत निजामती कर्मचारी र प्रहरीसहित १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाल प्रहरीको कार्यदलमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको हो। १३ जना प्रहरी र दुई जना आयोजमा काम गर्ने निजामती कर्मचारीमा कोरोना देखिएको हो।

केन्द्रीय कार्यालयबाट विभिन्न जिल्लामा अपरेसनका क्रममा खटिएर काठमाडौँ फर्किएका उनीहरुमा संक्रमण पुष्टि भएको हो। पछिल्लो समय प्रहरीमा कोरोना संक्रमण बढेसँगै कन्ट्याक्ट ट्रेसिङकै क्रममा उनीको पनि स्वाब संकलन भएको थियो। प्रहरीमा कोरोनाको संक्रमण बढ्दै गएपछि आयोगमा कार्यरत प्रहरीको पनि परीक्षण गरिएको थियो। आयुक्तहरुको अगुवा पछुवामा हिँड्ने गाडी चालकमा समेत कोरोना देखिएको हो।

त्यस्तै, आयुक्तहरुको पछुवा गाडीका चालकमा समेत कोरोना देखिएको हो। तर, कुनै पनि कुनै आयुक्तमा भने कोरोना देखिएको छैन। अख्तियारमा कार्यरत कर्मचारीसमेत १ सय ८२ जनाको कोरोना परीक्षण भएकोमा १५ जनाको पोजेटिभ नतिजा आएको थियो।

'अहिलेसम्म आयुक्तहरु कसैमा पनि कोरोना देखिएको छैन,' आयोगका प्रवक्ता तारानाथ अधिकारीले भने।

अख्तियारमा कोरोना देखिएपछि स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार अन्यको कन्ट्रायक ट्रेसिङ् गरेर परीक्षण गर्नुपर्ने हुन्छ। अख्तियारमा अझै ३ सय जना जति कर्मचारीको परीक्षण बाँकी रहेको छ। उनीहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षणको तयारी भइरहेको छ। 'अब प्रोटोकलमा के छ त्यही अनुरसार गरिन्छ। उहाँहरुको परीक्षण नभएसम्म क्वारेन्टाइन हुन्छ,' प्रवक्ता अधिकारीले भने।

यसअघि प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाका स्कटिङ् गर्ने प्रहरीको गाडीका चालकमा कोरोना देखिएको थियो। त्यसपछि सभामुख सापकोटासहित २५ जनाभन्दा बढी सभामुखको सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। रिपोर्टमा सभामुख लगायत कसैमा पनि कोरोना देखिएन।

पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना देखिन थालेको छ। महानगरीय ट्राफिक  प्रहरी महाशाखामा दुई जना ट्राफिक प्रहरीमा कोरोना देखिएपछि पूर्ण सिल गरेर ३ सय ट्राफिक प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षणको तयारी भइरहेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७० जना भन्दा बढी प्रहरीमा कोरोना पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell