PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

एक लाख नाघ्यो सुनको मूल्य, तोलाको १ लाख १ हजार ४०० रुपैयाँ



पहिलोपोस्ट

एक लाख नाघ्यो सुनको मूल्य, तोलाको १ लाख १ हजार ४०० रुपैयाँ

काठमाडौः सुनको मूल्यले तोलाको एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख १ हजार ४ सय रूपैयाँ पुगेको छ।

यो अघिल्लो दिनभन्दा १ हजार ६ सय रूपैयाँले बढेको हो। मंगलबार ९९ हजार ८ सय मा आइपुगेको थियो। यसअघि आइतबार र सोमबार प्रतितोला ९९ हजार ६ सय मा स्थिर थियो। साउन लागेयता लगातार बढेको सुनको भाउसँगै व्यवसायमा मन्दी झन चुलिएको छ। 

कोरोनाको महाव्याधिले विश्व बजारमा पारेको असरसँगै सुनचाँदी महंगिएको हो। सुन महंगिदा व्यवसायीले नयाँ खरिदकर्ता पाउन कम भइसकेको छ। सुन किनेर गहना बनाउने घट्दा व्यवसायीले बैंकबाट उठाउने परिमाण घटाइसकेका छन्। बढेको मूल्यमा गहना बेच्न चाहने भने बढेका छन्।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। एकै दिन ६५ रूपैयाँ बढ्दै चाँदी प्रतितोला १२ सय ९५ पुगेको छ। मंगलबार प्रतितोला १ हजार २ सय ३० मा स्थिर थियो। 

अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहान सुन प्रतिऔंस २०२२.६५ डलरमा कारोबार भएको छ। मंगलबार बिहान प्रतिऔंस १९७४.४५ डलर थियो। साताको अन्तिम दिन गत शुक्रबार सुन १९७४.१५ डलर पुगेको थियो।

बुधबार चाँदी पनि निकै महंगिएको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस २४.३४ डलरमा कारोबार भएको चाँदी बुधबार बिहान २५.९७ डलरमा कारोबार भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell