PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना भाइरसका कारण ७ लाख बढीको मृत्यु, प्रत्येक १५ सेकेन्डमा १ जनाले गुमाउँदै छ ज्यान



पहिलोपोस्ट

कोरोना भाइरसका कारण ७ लाख बढीको मृत्यु, प्रत्येक १५ सेकेन्डमा १ जनाले गुमाउँदै छ ज्यान

दूनियाँभर कोरोना भाइरसका कारण मर्नेको संख्या ७ लाखभन्दा बढी भइसकेको छ। अमेरिका, ब्राजिल, भारत र म्याक्सिकोमा मर्नेको संख्या बढ्दो छ।

रोयटर्सले जनाए अनुसार महामारी यता हरेक दिन करिव ५९ हजार मानिसको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भइरहेको छ। दुई हप्ता यता प्रत्येक घण्टा २ सय ४७ मानिस अर्थात् हरेक १५ सेकेन्डमा एक संक्रमितको मृत्यु भइरहेको हो।

अमेरिका र ल्याटिन अमेरिका भाइरसका कारण सर्वाधिक प्रभावित छ। यूनाइटेड नेसन ह्यूमन सेटलमेन्ट प्रोग्रामका अनुसार ल्याटिन अमरिकामा ६४ करोड जनसंख्या छ। जसमध्य दश करोडभन्दा बढी सुकुम्बासी रहेका छन्। असंगठित क्षेत्रमा काम गर्ने यी सुकुम्बासी सबैभन्दा धेरै प्रभावित छन् जोसँग सामाजिक सुरक्षाका नाममा केही पनि छैन। 

त्यहाँ २ लाख ६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। यो दूनियाँभरको कोरोना संक्रमितको मृत्युदरमध्य ३० प्रतिशत हो। ल्याटिन अमेरिकामा ब्राजिल सबैभन्दा धेरै प्रभावित छ। त्यहाँ सोमवारसम्ममा ९५ हजार ८ सय १९ पुगेको छ।

मेक्सिको दोस्रो प्रभावित देश हो जहाँ ४८ हजार ८ सय ६९ मानिसको मृत्यु भइसकेको छ। ब्राज़ील, मेक्सिकोसँगै कोलम्बिया, पेरू, अर्जेन्टीना र बोलिवियामा कोरोना संक्रमण बढ्दो छ।

अमेरिकाको शीर्ष महामारी रोग विशेषज्ञ डाक्टर एन्थनी फाउचीले सोमवार संक्रमण बढ्दो राज्यहरूमा लकडाउन गर्नु पर्ने तर्क राखेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसै साता अमेरिकामा कोरोना भाइरस कमजोर बन्दै गएको र संक्रमणका कारण मर्नेको संख्यामा कमी आएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell