PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोरोना संक्रमणको प्रभाव : सिंहदरबार प्रवेशमा थप कडाई



पहिलोपोस्ट

कोरोना संक्रमणको प्रभाव : सिंहदरबार प्रवेशमा थप कडाई

काठमाडौं : पछिल्लो समय प्रहरीभित्र कोरोना संक्रमितको सङ्ख्या थपिदै गएपछि सिंहदरबार प्रवेशमा थप कडाइ गरिएको छ।

अत्यआवश्यक कामबाहेक अन्य व्यक्तिहरुलाई भेटघाट तथा अनावश्यक रुपमा नआउन आग्रह गरिएको छ। 'सिंहदरबारमा पूर्ण प्रवेश नै रोक लगाएको भने होइन। अनावश्यक रुपमा पनि मानिस भेट्न, गफ गर्न आउने गर्छन्। त्यस्तो नगर्नुहोला मात्र भनेका हौं,' गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले भने।

सिंहदरबारभित्र रहेका मन्त्रालयमा पनि अत्यआवश्यक बाहेक मानिसलाई पास जारी गर्ने तथा अन्य पास देखाएर प्रवेश नगर्न/ नगराउन निर्देशन दिइसकेको छ। पछिल्लो समय कोरोना संक्रमित भेटिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखामा पूर्ण रुपमा मानिसलाई आउजाउमा रोक लगाइएको छ।

त्यस्तै नेपाल प्रहरीको हेडक्वाटर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पनि सावधानी अपनाएर आवश्यक कामको लागिमात्र प्रवेश दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell