काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।
बुधवार राजपा र समाजवादी पार्टीको एकीकरणपछि बनेको जसपा कार्यकारिणीको पहिलो बैठक बसेको हो। बालकुमारीस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक सुरु भएको जसपाका नेता केशव झाले जानकारी दिए ।
तुल्सीलाल अमात्य नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक नेता हुन्। कार्यकारिणी समितिमा ५१ सदस्य छन्। बैठक ६ दिन चल्ने बताइएको छ।
