PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जटिल बन्दै सुशान्त सिंह राजपूतको केस, केन्द्र सरकारले सीबीआईलाई दियो अनुसन्धान गर्ने अनुमति



पहिलोपोस्ट

जटिल बन्दै सुशान्त सिंह राजपूतको केस, केन्द्र सरकारले सीबीआईलाई दियो अनुसन्धान गर्ने अनुमति

भारत केन्द्र सरकारले अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु बारे केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) लाई जाँच गर्ने अनुमति दिएको छ। सालिसिटर जनरल तुषार मेहताले उक्त जानकारी त्यहाँको सर्वोच्च अदालतलाई दिएका छन्। जसका लागि बिहार सरकारले सिफारिस गरेको थियो।

मंगलवार सुशान्तका बुवा केके सिंहले सिबीआई जाँचको माग गरेका हुन्। लगत्तै बिहारका मुख्यमन्‍त्री नितीश कुमारले केन्द्र सरकारलाई सिफारिस पत्र पठाएका थिए।

बिहार प्रहरीको अनुसन्धानलाई चुनौती दिँदै अभिनेत्री रिया चक्रवर्तीले दिएको निवेदनबारे सर्वोच्च अदालतले फैसला सुनाउँदैछ। न्यायाधिश ह्रषिकेश रायले फैसला गर्न लागेका हुन्। रियाले बिहार पुलिसको अनुसन्धान आधारहीन भएकाले मुम्बई प्रहरीमार्फत अनुसन्धान गराउन याचना गरेकी थिइन्।

मुम्बई प्रहरीको अनुसन्धानमाथि भने चौतर्फी प्रश्न उठिरहेको छ। किनकि सुशान्तका पिताले पटना प्रहरीमा रिया चक्रवर्तीविरुद्ध उजुरी दिएपछि बिहारबाट अनुसन्धानका लागि प्रहरी टोली मुम्बई पुग्यो। तर, मुम्बईमा उनीहरूले सहयोग पाएनन्।

अनुसन्धानका लागि मुम्बई पुगेका सिनियर एसपीलाई पुगेकै रातमा जबरजस्ती क्वारेन्टिनमा राखियो।

सुशान्तको मृत्यु आत्महत्या पुष्टि गरिएको थियो। तर, हाल उक्त घटना झन् जेलिँदै गएको छ। उनको मृत्युसँगै बलिउडमा नातावाद र समूहवाद बारे वहस समेत सिर्जना भएको छ।

सुशान्त आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell