PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

प्रश्न सहन सक्दैनन् अमिताभ बच्चन, ट्रोलदेखि कमेन्टमा जनाउँदै छन् आक्रोशित प्रतिक्रिया



पहिलोपोस्ट

प्रश्न सहन सक्दैनन् अमिताभ बच्चन, ट्रोलदेखि कमेन्टमा जनाउँदै छन् आक्रोशित प्रतिक्रिया

बलिउड स्टार अमिताभ बच्चनको एक फेसबुक पोस्टमा कमेन्ट आयो : तपाईं आफ्नो केही सम्पत्ती किन असहाय वा गरिबहरूलाई दिनु हुन्न?

उक्त प्रश्न गर्ने फेसबुक प्रयोगकर्ता सीमा पटेलले थप लेखेकी थिइन् : मलाई आशा छ तपाईंको थैलो अथाह प्रेम र आशिर्वादले भरिएको छ। उदाहरणीय बन्नुस्। सुझाव ठीक हो त्योभन्दा बढी महत्व व्यवहारमा उतार्नुले राख्छ।

जवाफमा अमिताभ बच्चनले निकै लामो पोस्ट नै लेखे। ब्लगको सुरुवातमा भनेका छन्,’यो कमेन्ट पढ्दै गर्दा म रोएँ किनकि यी महिलाले आज मेरो विश्वास भत्काइ दिइन् जहाँ म आफूले गरेको समाज सेवाका कामहरू बारे केही भन्न सक्दिँन।‘

ती महिलालाई सम्बोधन गर्दै भनेका छन् : सीमा पटेल जी तपाईंले भनेको सही हो। मेरो गोजी प्रेम र आशिर्वादले भरिएको छ। तर, तपाईंले भनेजस्तो उदाहरणीय बन्न आवश्यक लाग्दैन। किनकि तपाईंलाई थाहा रहेछन मैले गरेका कामहरू बारे। तपाईं भ्रममा हुनुहुँदो रहेछ।

बच्चनले आफूले असहाय र गरिबका लागि मात्र नभइ अन्यका लागि पनि सहयोग गरेको जनाएका छन्। आफूले सयौं किसानहरूलाई आत्महत्या गर्नबाट जोगाएको बारे पनि उल्लेख गरेका छन्।

अमिताभले आफूले सहिद परिवारलाई गरेको सहयोग बारे पनि बताएका छन्। पछिल्लो ६ महिनामा १ लाखभन्दा बढी श्रमिक परिवारलाई रासन पठाएको जनाएका छन्।

लकडाउन अवधिमा गरिव परिवारलाई दैनिक ५ हजार उपलब्ध गराएकोदेखि सयौं किलोमिटर हिँडेर घर फर्कने १२ हजार मजदुरहरूलाई जुत्ता उपलब्ध गराएको र केहीलाई प्लेनमार्फत घर पठाएको समेत उल्लेख गरेका छन्।

१५ हजार पीपीइ र १० हजारभन्दा बढी मास्क अस्पताल र प्रहरीलाई बाढेको बारे पनि लेखेका छन्।

यी विषयमा ब्लग लेखेपछि अन्तिममा लेखे : सीमा जी तपाईंको प्रश्नले मेरो विश्वास तोडिदिएको छ। आफूले गरेको काम बारे व्याख्या गर्नु पर्दा पछुतो लागेको बताएका छन्।

ब्लगको अन्त्यमा उनले आफू शुभचिन्तकको माया र आशिर्वादले नै कोरोना मुक्त भएको जनाएका छन्। र सीमा पटेल र उनको परिवारका लागि पनि सुस्वास्थ्यको कामना गरेका छन्।

पछिल्लो समय अमिताभ सामाजिक सञ्जालमा सक्रिय छन्। उनी आफूविरुद्धको ट्रोल र आलोचनामा प्रतिक्रिया जनाइ रहेका छन्। केही दिन अघि उनले आफू उपचाररत् अस्पतालको प्रचार गरेको आरोप लगाएकी एक महिलालाई जवाफ फर्काएका थिए।

अस्पतालमा रहँदा कोरोनाका कारण उनको मृत्यु हुनसक्ने अनुमान गर्नेहरूलाई सम्बोधन गर्दै उनले व्यङ्ग्यात्मक र आक्रोशित ब्लग लेखेका थिए। सर्पको कथाको उदाहरण दिँदै लेखेका थिए, 'ए छद्मभेषी तिमीले आफ्नो बुवाको पनि नाम बताएका छैनौ। किनकि तिमीलाई थाहा छैन तिम्रो बुवा को हो। कोरोनाका कारण म मर्न सक्छु वा बाँच्न पनि सक्छु। म मरें भने चाहिं कुनै पनि सेलेब्रिटीको नाममा तिमीले यस्तो कुरा लेख्नुपर्ने छैन। म बाँचे भने चाहिं तिमीले तुफानको सामना गर्नु पर्नेछ।'

अमिताभ यसै साता कोरोना भाइरस मुक्त भएर घर फर्किएका छन्। उनी हाल सेल्फ क्वारेन्टिनमा छन्। उनीसँगै कोरोना पोजेटिभ देखिएका ऐश्वर्या राय र उनकी छोरी आरध्यमा पनि संक्रमण देखिएको थियो। अभिनेता अभिषेक बच्चन भने अझै संक्रमण मुक्त भएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell