PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

पर्सामा संक्रमणको डरलाग्दो लहर : कैदीबन्दीदेखि सैनिकसम्म १३३ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

पर्सामा संक्रमणको डरलाग्दो लहर : कैदीबन्दीदेखि सैनिकसम्म १३३ जनामा संक्रमण पुष्टि

वीरगंज : विना तयारी लकडाउन खुला गरेसँगै पर्सा जिल्लामा संक्रमण फैलिँदै गएको छ। मास टेस्टिङलाई अगाडि बढाइएको पर्सामा नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणको मंगलवारको रिपोर्टले संक्रमणको अवस्थालाई भयावह देखाएको छ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा नारायणी अस्पतालको विवरण समावेश गरिएको थिएन। अबेर गरेर आएको रिपोर्ट अनुसार १ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो। पोजेटिभ देखिएका नमुनामध्ये ३२ जना वीरगंज कारागारबाट संकलित गरिएका हुन्। जसमध्ये ३ जना श्रीपुर ब्यारेकका सैनिक रहेका छन्। अधिकांश संक्रमित कारागारका कैदी बन्दी तथा कर्मचारी हुन्। स्रोतका अनुसार ५६ नमुना मास ट्रेसिङबाट नमुना संकलन गरिएका नमुना हुन्। ती नमुनामा पनि पोजेटिभ आएका हुन्।

वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत, बारा सिमरा क्वारेन्टाइनका एक डाक्टर र नेशनल मेडिकल कलेज वीरगंजका एक डाक्टर गरी दुई डाक्टर पनि संक्रमित भएका छन्।

त्यस्तै, वीरगंज महानगरपालिकाका मेयरबाट ट्र्याकिङमा परेका ५ जनामा पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै संक्रमितमध्ये २० जना पहिला संक्रमण व्यक्तिको संम्पर्कबाट ट्रेसिङ गरिएका व्यक्तिहरु हुन्।

त्यस्तै, संक्रमण पुष्टि भएकामध्ये गन्डक कोभिड-१९ अस्पतालमा उपचाररत संकास्पद संक्रमितहरु रहेका छन् भने एक जना संक्रमितको १८ वर्षकी किशोरीको यसअघि नै उपचारका क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भइसकेको थियो। ती किशोरीको रिपोर्ट पनि पोजेटिभ आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell