PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोनाले प्रकाशन घट्दा मदन पुरस्कारका लागि आवेदन घट्यो, यसपटक टप सेभेनमा परे यी पुस्तक



पहिलोपोस्ट

कोरोनाले प्रकाशन घट्दा मदन पुरस्कारका लागि आवेदन घट्यो, यसपटक टप सेभेनमा परे यी पुस्तक

काठमाडौं : कोभिड १९ महामारीले गर्दा पुस्तक प्रकाशन घट्दा मदन पुरस्कारका लागि आवेदन घटेको छ।

चार लाख रुपैयाँ राशीको यो पुरस्कारका लागि अघिल्लो वर्ष २ सय ५७ पुस्तकको आवेदन परेकोमा यसपटक १५१ पुस्तकको आवेदन परेको थियो।

आवेदन परेका पुस्तकहरुमध्येबाट मदन पुरस्कार गुठीले श्रेष्ठ सात किताब बुधवार सार्वजनिक गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधवार विज्ञप्ति जारी गर्दै 'टप सेभेन' सूची सार्वजनिक गरेको हो। 'टप टेन' सूची तयार गर्न गठन भएको समितिले गुठीलाई सात पुस्तक उपलब्ध गराएको थियो।

२०७६ मा प्रकाशन भएका किताबहरु २०७७ वैशाख १५ सम्ममा आइपुग्नु पर्नेमा यसपटक कोरोना महामारी र लकडाउनका कारण केही प्रभावित भएको हुन सक्ने गुठीका सदस्य सचिव दीपक अर्यालले बताए। यसपटक चैत ११ बाट लकडाउन भएपछि प्रकाशन प्रभावित भएको थियो।

'यसपटक पुस्तक घटेको छ। छाप्न तयार भएका पुस्तकहरु नआएका होलान्। बाहिरबाट आउनुपर्ने पुस्तकहरु नआएर पनि हुनसक्छ,' गुठीका सदस्य सचिव अर्यालले भने।

टप टेन छान्ने अधिकार भए पनि किन टप सेभेनमात्र आए त? जवाफमा अर्यालले भने, 'कमिटीलाई १० वटा छान्ने अधिकार हुन्छ। तर, उहाँहरुबाट सातवटा मात्रै आयो। सर्वसम्मति भएपछि यसरी आएको होला।'

छनोटमा परेका यी पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार दिइनेछ। चार लाख रुपैयाँ राशिको पुरस्कारको घोषणा भदौ अन्त्यसम्ममा हुने गुठीले जनाएको छ।

यी हुन् टप सेभेन पुस्तक

जोकरको बन्दुक                    विमल निभा

धर्सैधर्साको चक्रव्यूह                तीर्थ श्रेष्ठ

परित्यक्ता                            भुवन ढुङ्गाना

महारसनिघण्टु (खण्ड १ – ३)  योगी धर्ममहारस

महारानी                              चन्द्रप्रकाश बानियाँ

मोहपथ                                ललित बिष्ट

यात्रामा                                 शारदा शर्मा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell