PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

डिज्नी प्लसमार्फत् रिलिज हुँदै ‘मुलान’, अमेरिका बाहिरका दर्शकको लागि अर्को वर्षमात्रै



पहिलोपोस्ट

डिज्नी प्लसमार्फत् रिलिज हुँदै ‘मुलान’, अमेरिका बाहिरका दर्शकको लागि अर्को वर्षमात्रै

डिज्नीले अमेरिकन इपिक ड्रामा ‘मुलान’ डिज्नी प्लसमार्फत् सार्वजनिक गर्ने भएको छ। अमेरिकामा यसै वर्ष प्रदर्शनमा आउने फिल्म देश बाहिर भने अर्को वर्ष मात्र रिलिज हुँदैछ। जसका लागि डिस्नीले नयाँ स्ट्रिमिङ प्ल्याटफर्म ल्याउँदैछ।

नयाँ प्ल्याटफर्म स्टार ब्रान्डमार्फत् सञ्चालन हुनेछ र डिज्नी प्लसमाभन्दा फराकिलो सेवा प्रदान गर्नेछ। डिज्नी प्लसमा मात्र हाल ६०.५ मिलियन सब्स्क्रायबर छन्। तर, कोरोना भाइरस महामारीका कारण डिज्नी आर्थिक नोक्सानीमा परेको छ। बीबीसीले जनाए अनुसार महामारी सुरु भएदेखि जुन २७ सम्ममा कम्पनीलाई ४.७ बिलियन डलर घाटा भएको छ।

त्यसैले डिज्नीले कोरोना भाइरस फैलनु अघि तयार गरेका फिल्म एवं अन्य कार्यक्रमहरू प्रदर्शनमा ल्याउने तयारी गरेको हो। जसमध्य विश्वभर ‘मुलान’ प्रतिक्षित मानिन्छ।

आफ्नो बिरामी बुबालाई सेनाका लागि लड्न जानबाट रोक्न खोज्छिन्, हुवा मुलानले। उनी एक साहसी युवती हुन् जो उत्तरी भेगबाट चीन पसेका दुस्मनहरुसँग लड्न पुरुषको भेषमा मैदान छिर्छिन्। यही कथामा आधारित डिस्नीको अमेरिकन इपिक ड्रामा 'मुलान'का लागि चीन सबैभन्दा ठूलो बजार रहेको बक्सअफिस डटकमका विश्लेषक सान रबिन्सले त दाबी नै गरेका थिए।

हाल अमेरिकामा मात्र सार्वजनिक हुने फिल्म चीनका दर्शकको लागि भने अझै प्रतिक्षित नै रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell