वीरगंजमा : बुधवार बिहान ५ बजे कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरगंज- १५ का ४६ वर्षीय पुरुष रहेका छन्। साउन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राती कोभिड १९ संक्रमण पुष्टि रिपोर्ट आएको थियो। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले पुष्टि गरे।
नेशनल मेडिकल कलेजमा कार्यरत थिए उनी। संक्रमित मधुमेह पीडित थिए। खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंगलवार राति ९ बजे वीरगज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो।
यसअघि सोमवार राति मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया किशोरीमा पनि मङगलबार राति संक्रमण पुष्टि भएको थियो।