काठमाडौं: काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।
ललितपुरको बंगलामुखी आसपास केन्द्र बनाएर अपराह्न ४ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। उनका अनुसार भूकम्पको धक्का ३ दशमलव ५ म्याग्निच्युड क्षमताको रहेको छ।
काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा पनि भूकम्पको कडा धक्का महसुस गरिएको छ।
