PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ९० वर्षीया वृद्धसहित २१ जना डिस्चार्ज



फूलमाया पुरी

कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ९० वर्षीया वृद्धसहित २१ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ को प्रदेशस्तरीय कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट आज २१ जना डिस्चार्ज भएका छन्।

मोरङको विराटनगर महानगरपालिका ६ नम्बर वडाकी ९० वर्षीया वृद्धासहित २१ जना डिस्चार्ज भएका हुन्।

कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा. चुमनलाल दासकाअनुसार आज डिस्चार्ज हुनेमा मोरङका ११ जना झापाका १ जना इलामका ६ जना रहेका छन्। त्यस्तै उदयपुर, सुनसरी र तेह्रथुमका १/१ जना रहेका छन्।

‘आज डिस्चार्ज हुनेहरुमध्ये ५ जना फ्रन्टलाइनमा खटिनेहरु छन्’ डा.दासले भने, ‘जसमा एकजना डिएसपी दुइ जनपथ प्रहरी एक चिकितस्क र एक जना स्टाफ नर्स छन्।’

आज डिस्चार्ज हुने दुइ स्वास्थ्यकर्मी कोशी अस्पतालकै कर्मचारी भएको उनले जानकारी दिए।

त्यसो त आज डिस्चार्ज भएकी ९० वर्षीया वृद्धाको परिवारमा ४ जनामा कोरोना संक्रमण देखिएको थियो।

गत १० गते ती वृद्धामा संक्रमण पुष्टि भएको थियो। र ती वृद्धाका छोराबुहारी र नातिमा पनि संक्रमण देखिएको थियो। आज वृद्धासँगै उनकी बुहारी पनि डिस्चार्ज भएकी छिन्।

हालसम्म २४७ जना भर्ना भएका कोशी अस्पताल कोभिड १९ आइसोलेसन अस्पतालबाट हालसम्म २०३ जनाले कोरोना जितेर घर फर्किसकेका छन्।

आज संक्रमण जितेर घर फर्किने सबैलाई सामाजिक विकासमन्त्री माननीय जीवन घिमिरेबाट फूल दिएर बिदाइ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell