PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

म बदला लिने नेता होइन, आँसु झार्दा रिस मरिहाल्छ: माधव नेपाल



पहिलोपोस्ट

म बदला लिने नेता होइन, आँसु झार्दा रिस मरिहाल्छ: माधव नेपाल
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का वरिष्ठ नेता माधव नेपालले राजदूतले आफूलाई फकाउन नसक्ने बताएका छन्। विदेशी राजदूतले आफूलाई भेटे पनि आफू त्यसको प्रलोभनमा नपर्ने बताए।

‘धम्की काम लाग्दैन। हामीले कुरा सुन्ने हो। कुनै राजदुतले फकाउन सक्दैन,’ उनले भने।

नेपालले अध्यक्ष तथा प्रधामन्त्री केपी ओलीको कार्यशैलीका कारण पार्टीको विवाद बढ्दै गएको बताए। उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली स्थायी कमिटी र केन्द्रीय कमिटीबाट भागेको भन्दै आक्रोश व्यक्त गरे।

एलिट क्लब विराटनगरको संयोजनमा नेपालको जटिल राजनीति र समृद्धिको यात्रा विषयमा भएको अन्तक्रियामा उनले बालुवाटारमा नेता जम्मा पारेर भाषण गर्न हुने तर बैठक बस्न नुहेन भन्दै ओलीलाई बैठकमा बस्न आग्रह गरे।

‘बैठकबाट समस्या समाधन गर्नुपर्छ। काभ्रेमा भाषण गर्न हुने। बालुवाटारमा भेला गर्न हुने, भाषण गर्न हुने। केन्द्रीय कमिटी बैठक गर्न नुहुने स्थायी कमिटीबाट भाग्ने। यो झगडा ब्यक्तिगत झगडा होइन। किन बैठक बस्दैन। कि यस्ता माग उठाउन पाइदैन। यो लेनदेनको झगडा पनि होइन,’ उनले भने।

उनले आफू पार्टी नेतृत्वमा हुँदा कहिल्यै पनि विधानविपरित गएर बैठक बसेको उदाहरण नभएको दावी गरे।

‘पार्टीका विधानअनुसार बैठक बसेको छैन। मेरो कार्यकालमा एक दिन बैठक नबसेको छैन,’ उनले भने।

उनले आफू भावनात्मक भएको बताए। उनले आँसु झारेमा आफ्ना रिस मर्ने वानि नै भएको बताए। नेपालले आफू बदला लिने स्वभावको नेता नभएको बताए।

‘मेरो बदला लिने भावना छैन। मेरो बानी भावनात्मक छ। आखाँबाट आँसु झार्‍यो भने रिस मरिहाल्छ,’ उनले आफ्नै बारे भने।

उनले पार्टीको विवाद छलफलबाटै समाधान हुने बताए।

नेकपाभित्रको विवाद बढ्दै गएपछि असार १० गते देखि सुरु भएको स्थायी कमिटी बैठक राम्ररी बस्न सकेको छैन। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नेपाल समूहले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै अडान लिएपछि विवाद उत्कर्षमा पुगेको छ।

पछिल्लो समय विवाद बढ्न थालेपछि ओली-प्रचण्डबीचको भेट समेत अनिश्चित भएको छ। नेकपा भित्रको विवाद समाधनका लागि भन्दै उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव ल्याएपछि ओलीलाई राहत मिलेको बताइएपनि गौतमले भने आफू कुनैपनि गुटमा नलाग्ने भन्दै प्रष्टिकरण दिएका छन्। बामदेवको प्रस्ताव पछि दुवै अध्यक्षले आ-आफ्नो गुटमा तान्न गौतमलाई उनकै निवासमा गएर भेटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell