PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कोभिड-१९ अपडेट : २७ जिल्लामा संक्रमण पुष्टि, पर्सामा मात्र १५१ जना संक्रमित भेटिए, काठमाडौंमा ५७ जना



पहिलोपोस्ट

कोभिड-१९ अपडेट : २७ जिल्लामा संक्रमण पुष्टि, पर्सामा मात्र १५१ जना संक्रमित भेटिए, काठमाडौंमा ५७ जना

काठमाडौं : उपत्यकामा ६२ जनासहित देशभर ३८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा भएको ६ हजार ३५९ नमुनाको परीक्षणका क्रममा २७ जिल्लाका ३८१ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितहरुको संख्या २१ हजार ३९० पुगेका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा १३० जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेहरुको संख्या १५ हजार १५६ जनामा डिस्चार्ज भइसकेका छन्। त्यस्तै हाल ६ हजार १७४ जना आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा प्रदेश २ बाट सबै भन्दा बढी २२५ र वाग्मती प्रदेशबाट ६९ जना रहेका छन्।

गण्डकी र प्रदेश ५ मा २३/२३ जना तथा प्रदेश १ मा १९ जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली र सुदूरपश्चिममा ११/११ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा सबै भन्दा बढी पर्सा जिल्लाका १५१ र काठमाडौं जिल्लाका ५७ जना रहेका छन्।

संक्रमण पुष्टि हुनेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा सुनसरीका १ तथा कोशी अस्पताल विराटनगरमा इलामका १, सप्तरीका ३, उदयपुरका १ र मोरङका ७ जना रहेका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ७ र इलामका १ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सर्लाहीका ३ र सप्तरीका ५ जना तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ९, महोत्तरीका १४ र सिरहाका १ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल प्रयोगशालामा बाराका १९, पर्साका १४७ र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गोरखाका ३, कपिलवस्तुका ९ र काठमाडौंका २७ तथा शुक्रराज अस्पताल प्रयोगशालामा ललितपुरका १, काठमाडौंका १४ र पर्साका २ जनामा संक्रमण पुष्टि भएको छ।

हेटौँडा प्रयोगशालामा बाराका ८, मकवानपुरका ४ र रौतहटका १ तथा पाटन अस्पताल प्रयोगशालामा धादिङका १, धनुषाका १, काठमाडौंका २, ललितपुरका २, महोत्तरीका २ र सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका १, बाराका १ र पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी अस्पताल काठमाडौंमा काठमाडौंकै ११ जनामा संक्रमण पुष्टि हुँदा स्टार अस्पताल सानेपामा काठमाडौंका १, ललिपरका २, महोत्तरीका १, रौतहटका १ र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ।

बिध ल्याब काठमाडौंमा काठमाडौंकै १ जना तथा काठमाडौं मेडिकल कलेजमा भएको प्रयोगशालामा धनुषा र सिरहाका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा धादिङका १, धनुषाका १, पर्साका १, सुनसरीका १ र स्याङ्जाका ९ मा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय क्षेयरोग उपचार केन्द्र पोखरामा बाग्लुङका २, कास्कीका १ र स्याङ्जाका ८ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा बाँकेका १३ र दाङका १ तथा सुर्खेत अस्पताल प्रयोगशालामा सुर्खेतकै १० जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालिकोटका १ तथा डडेलधुरा अस्पताल प्रयोगशालामा बझाङका ११ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको १.४ प्रतिशत जनसंख्याको कोभिड-१९ को परीक्षण भएको छ।

परीक्षण गरिएकामध्ये ५.१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। हाल संक्रमण पुष्टि भएकामध्ये उपचारका क्रममा २८.८ प्रतिशत रहेका छन्।

हाल सात वटा जिल्लाहरु खोटाङ, संखुवासभा, धनकुटा, भोजपुर, मनाड्डङ मुस्ताङड्ड  र रुकुम पश्चिम संक्रमण मुक्त भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell