PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ड्युटीमा खटिएको प्रहरीलाई रक्सीले मातेर हातपात गरेको अभियोगमा युवायुवती पक्राउ



पहिलोपोस्ट

ड्युटीमा खटिएको प्रहरीलाई रक्सीले मातेर हातपात गरेको अभियोगमा युवायुवती पक्राउ

भक्तपुर: भक्तपुर नगरपालिका-२ व्यासीबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ सिद्धपोखरी बस्ने २२ वर्षीय प्रवेग श्रेष्ठ र सोही नगरपालिका-१० कमलविनायक बस्ने २१ वर्षीया रितु श्रेष्ठ रहेका छन्।

मादक मादक पदार्थ सेवन गरी उनीहरु २ जना र भक्तपुर नगरपालिका-६ बस्ने २३ वर्षीय अमित अवासबीच झै-झगडा हुँदा उक्त स्थानमा महानगरीय प्रहरी प्रभाग व्यासीबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो। साथै झगडामा घाइते भएका अमितलाई भक्तपुर अस्पतालमा उपचार पश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell