PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

बेलायतका सांसदहरू भन्छन् : महामारीबीच सीमा खुला गर्नु गम्भीर गल्ती भयो



पहिलोपोस्ट

बेलायतका सांसदहरू भन्छन् : महामारीबीच सीमा खुला गर्नु गम्भीर गल्ती भयो
Reuters

बेलायतको एबर्डिनमा कोभिड १९ को संक्रमण फैलदो छ। जसका कारण शहरमा पुन: लकडाउन घोषणा भएको छ। त्यहाँ संक्रमण फैलनुको मुख्य कारण खुला सीमा र सीमा नीतिलाई मानिएको छ। यस विषयमा त्यहाँका सांसदहरूले भने, 'महामारी बीच बनाइएका सीमा नीति गम्भीर गल्ती बन्यो।'

कोरोना भाइरस संक्रमणको सेकेन्ड वेभ युरोप र एसियाबाट आएको हुनसक्ने आन्तरिक मामिला मन्त्रीद्वारा गठित सांसदहरूको समूहले बताएका हुन्।

दोस्रो चरणको लकडाउनमा अत्यावश्यक नभएका सामानका पसल, पब, रेस्टुरेन्ट बन्द हुनेछन्। बीबीसीले बेलायतको बालबालिका आयुक्तलाई उद्घृत गर्दै लेखेको छ,'विद्यालयहरू सबैभन्दा अन्तिममा बन्द हुनेछन्।'

एक रिपोर्टका अनुसार ब्रिटेनमा जातीय अल्पसंख्यक पृष्ठभूमि भएका मानिस आफूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन अत्याधिक वाधाहरूको सामना गरिरहेका छन्। त्यस्तै त्यहाँ पनि रोजगार गुमाउनेको संख्या बढ्दो छ। बेलायती रिटेलर कम्पनी डब्लूएच स्मिथले समेत एक हजार ५ जना सय जनालाई कामबाट निकाल्ने योजना बनाइरहेको छ। उक्त संख्या कुल कामदारको ११ प्रतिशत हो। कम्पनीले लकडाउनका कारण भएको घाटाका कारण उक्त योजना बनाएको जनाएको छ।

महामारी र लकडाउनकै कारण बेलायतको टिभी र अन्य डिजिटल स्ट्रिमिङ् प्रयोग गर्नेको संख्या भने ह्वात्तै बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell