PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कोयंबटुर अस्पतालमा कोरोनाबाट मृत्यु भएकी महिलाको शवबाट चोरियो सुनको गहना



पहिलोपोस्ट

कोयंबटुर अस्पतालमा कोरोनाबाट मृत्यु भएकी महिलाको शवबाट चोरियो सुनको गहना
फाइल तस्विर

भारतको तमिलनाडुस्थित कोयंबटुरमा कोभिड १९ को संक्रमणबाट मृत्यु भएकी महिलाको शवबाट सुनको गहना चोरी भएको छ।

विरामी परेपछि कोयंबटुर मेडिकल कलेज एण्ड हस्पिटलमा सोमवार विहान ३ बजे भर्ना भएकी ६० वर्षीया महिलाको विहान ४ बजे निधन भयो। भर्ना भएपछि उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो।

महिलाको साथमा छोरी अस्पतालमा थिइन्। आमाको मृत्युपछि उनी वार्डमा पुगिन्। त्यहाँ उनकी आमाको शव थियो। आमाको हातको सुनको चुरा भने गायब थियो। उनले चिकित्सकसँग कुरा गरिन्। उनीहरुले प्रहरीमा उजुरी दिन सुझाव दिए।

छोरीले रेसकोर्स पुलिस स्टेशनमा उजुरी दर्ता गराइन्। प्रहरीले जाँच गरिरहेको छ। अहिलेसम्म चोरको पत्ता नलागेको टाइम्स अफ इण्डियाले जनाएको छ। शवबाट सुनको गहना चोरी भएको घटनालाई स्थानीयले लज्जास्पद भन्दै खेद व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell