जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका २ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
संक्रमितको सम्पर्कमा आएका उनीहरुको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता झाले जानकारी दिइन्।
संक्रमितहरू ३५ र ३९ वर्षीय रहेको मिश्रले जानकारी दिइन्। उपमहानगरका ती दुवै जना कर्मचारी संक्रमित भएपछि सबै कर्मचारीको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको उपमेयर मिश्रले बताइन्।
