PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कुवेतमा काम लगाइदिन्छु भनेर ४ महिलालाई भारतमा बन्धक बनाउने तामाङ पक्राउ



पहिलोपोस्ट

कुवेतमा काम लगाइदिन्छु भनेर ४ महिलालाई भारतमा बन्धक बनाउने तामाङ पक्राउ

काठमाडौं : नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर फरार सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने ४६ वर्षीय ह्याङ्गलाल तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौँका चार महिलालाई कुवेतमा राम्रो तलबमा काम लगाइदिन्छु भनेर भारतमा लगेर बन्धक बनाएकाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए।

तामाङले ती महिलालाई विसं २०७३ मा वीरगञ्ज नाका हुँदै दिल्लीमा बन्धक बनाएर राखे पनि प्रहरीले २०७४ मा महिलाको उद्धार गरेर मनोपरामर्श दिएर आफन्तको जिम्मा लगाइसकेको छ। पक्राउ तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान कारवाही हुने ब्युरोले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell