PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पोखरीमा पाठी डुबाएर खोकनामा मनाइयो जात्रा, यसरी फेरियो दे: पुखु जात्राको स्वरुप

पोखरीमा पाठी डुबाएर खोकनामा मनाइयो जात्रा, यसरी फेरियो दे: पुखु जात्राको स्वरुप

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर: खोकनामा दे: पुखु जात्रा सम्पन्न भएको छ। यस जात्रामा दे: पोखरीमा पाठी डुबाएर जात्रा गर्ने गरिन्छ।

एउटा पाठीलाई रुद्रायणी मन्दिर नजिकै रहेको दे: पोखरीमा डुबाएर गरिने जात्रा पहिला निकै विवादित बनेको थियो। केही वर्षअघिसम्म त्यहाँ पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै टोकेर मार्ने गरिन्थ्यो। यसरी पाठीलाई यातना दिने गरेको कुरा उठेपछि भने २०७४ देखि खोकनावासीले यो जात्राको स्वरुप परिवर्तन गरेका थिए। विगत केही वर्षदेखि पाठीलाई पोखरीमा डुबाएर निकाल्ने गरिएको छ। न त कसैले पाठीलाई लुछाचुँडी नै गर्छन् न त कसैले टोक्छन्।

बुधबार दिउँसो भएको जात्रामा पनि पाठीलाई पहिला झै लुछाचुँडी गरिएन। पोखरी वरिपरि संख्यामा जात्रा हेर्न आएकाहरुबीच युवाहरुले पाठीलाई समाएर पोखरीमा डुबाएर निकालेका थिए।

परापूर्व कालमा पोखरीमा अप्रिय घटना घटेको र त्यस्तो घटना आइन्दा नहोस् भन्न पौडी खेलेर जनचेतना दिने र त्यसो नहोस् भन्न कुमारी पाठी भोग दिने परम्परा बसेको स्थानीय बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell