PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

उपत्यकामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर लागू हुने, अरु कुन-कुन जिल्लामा लागू हुन्छ नियम?



पहिलोपोस्ट

उपत्यकामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर लागू हुने, अरु कुन-कुन जिल्लामा लागू हुन्छ नियम?

काठमाडौँः लकडाउन अन्त्यपछि कोरोना जोखिम बढेसँगै काठमाडौँ उपत्यकामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर लागू हुने भएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने जनाएको छ।

यस्तै दुई सयभन्दा बढी कोरोना केस सक्रिय रहेका जिल्लाहरुमा पनि जोर बिजोर नियम लागू हुनेछ। मन्त्रालयका अनुसार जोर बिजोर लागू भएका जिल्लाका शहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने पनि निर्णय भएको छ। 

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार उपत्यकाबाहेक पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी एक्टिभ केस छन्। ती जिल्लामा पनि जोर बिजोर नियम लागू हुनेछ। 

यस्तै, ढुवानी बाहेकका अन्य यात्रुबहाक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णयलाई यथावत राखिएको छ। 

यसअघि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेको थियो। लकडाउन अन्त्यको घोषणासँगै उक्त व्यवस्था हटाइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell