PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

उपत्यकाभित्र पुरानै नियम : जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी गुड्ने



पहिलोपोस्ट

उपत्यकाभित्र पुरानै नियम : जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी गुड्ने

काठमाडौं : सरकारले भोलिबाट पुनः सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ। गृह मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने जानकारी दिएको हो।

२ सय कोरोना संक्रमित भएका सबै जिल्लाहरुमा यो नियम लागू हुने छ। जसअनुसार जोर गतेका दिन जोर सवारी साधन र बिजोर गतेका दिन बिजोर सवारी साधनलाई गुड्न दिइने छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले पुरानै नियम अनुसार जोरबिजोर लागू हुने बताए।

‘जोरका दिन जोर र बिजोरका दिन बिजोर नम्बर प्लेटका सवारी साधन गुड्ने छन्,’ एसएसपी ढकालले भने।

सरकारले असार २६ गतेदेखि जोरबिजोर प्रणाली हटाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell