PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

नुहाउने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु



रासस

नुहाउने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु

मुग्लिन : चितवनमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। बुधवार दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका-६ स्थित जलविरे खोलामा डुबेर इच्छाकामना-४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो।

मगरको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। खोलामा डुबेर मृत्यु भएको अवस्थामा इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको संयुक्त टोलीले साँझ ५ः३० बजे खोलाबाट निकालिएको प्रहरी निरीक्षक तामाङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell