PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

धोवीघाट गठबन्धनसँग तुलना गर्दै प्रमका प्रेस सल्लाहकार थापा : विभाजनको खुल्लमखुल्ला हाँक



पहिलोपोस्ट

धोवीघाट गठबन्धनसँग तुलना गर्दै प्रमका प्रेस सल्लाहकार थापा : विभाजनको खुल्लमखुल्ला हाँक
फाइल फोटो

काठमाडौं : नेकपाका चार नेताको पत्रकार सम्मेलनलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले १० वर्ष अघिको नेकपा माओवादीको धोवीघाट गठबन्धनसँग तुलना गरेका छन्।

'हिजोको ग्याङ अफ फोरको पत्रकार भेटघाटपछिको परिदृष्य?' भन्दै थापाले नेकपा विभाजन र समाप्त पार्ने कसरत भएको जनाएका छन्। उनले चार नेताको सक्रियतालाई विभाजनको खुल्लमखुल्ला हाँक र रिहर्सल भएको समेत दावी गरेका छन्।

फेसबुकमा बिहीवार बिहानै स्टाटस राखेर उनले १० वर्ष अघिको साउन र अहिलेको साउनको तुलना गरेका हुन्। दश वर्षअघि माओवादी अध्यक्ष तथा तत्कालीन संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाबुराम भट्टराई, रामबहादुर थापा, मोहन बैद्य र नारायणकाजी श्रेष्ठको भेला भएको सन्दर्भ कोट्याउँदै त्यसैसँग हिजोको पत्रकार भेटघाटको तुलना गरेका छन् उनले। त्यो मोर्चाबन्दीका कारण माओवादी धार १ दर्जन समूहमा विभाजित भएको र विघटनमा पुगेको थापाको तर्क छ।

१० वर्षपछि राष्ट्रपतिमा झलनाथ खनाल, प्रधानमन्त्रीमा प्रचण्ड, पार्टी अध्यक्षमा माधवकुमार नेपाल, उप प्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ हुनेगरी मोर्चाबन्दी भएको थापाले लेखेका छन्। 'यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबन्डा नभएर विधि, पद्दति र एकताको लडाई रे?' थापाले व्यङ्ग्यात्मक रुपमा लेखेका छन्।

पहिले धाेवीघाट गठबन्धनकाे रिहर्सल १० बर्षअघि साउन यही बेला संसदीय दलकाे नेता - बाबुराम भट्टराई जनसेना ईन्चार्ज -...

Posted by Surya Thapa on Wednesday, August 5, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell